बिहीबार, जेठ १, २०८२

कुलमान र हितेन्द्रदेवको रिटमा आज पनि सुनुवाइ हुँदै 

मेरोन्यूज २०८१ चैत २० गते ११:२४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदैछ । 

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको संयुक्त सुनुवाइ आज पनि हुने भएको हो ।गत मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा जारी बहस हिजो पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।

घिसिङले आफ्नो पदावधि बाँकी रहँदै सरकारले पदबाट हटाएको जिकिर गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन् । 
यस्तै, शाक्यले चार वर्षअघि आफूलाई हटाएर घिसिङलाई गरिएको नियुक्ति नै गलत भएको दाबी गरेका छन् । उनले आफूले उक्त नियुक्तिविरुद्ध दायर गरेको रिटमा पहिले सुनुवाइ नभइ घिसिङको रिट अघि नबढाउन माग गरेका छन् ।

प्रतिक्रिया