बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

मुम्बई । विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ ४८ दिनको लामो यात्रापछि अहिले थकित हुदैँ गएको छ । बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको यो फिल्मको कमाई बुधबार भने थप घटेको छ ।
यो चलचित्रले विगत तीन दिनदेखि लाखौंको व्यापार गरिरहे पनि अहिले यसलाई उठाउन मुस्किल परेको छ । तर, देशमा ६ सय करोड कमाउन अझै ५ करोड रुपैयाँ टाढा छ । तर, अहिले यसले विश्वव्यापी कमाई ८०० करोड नाघेको छ ।
लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘छावा’ को सफलता जादु भन्दा कम छैन । यो फिल्मले महाराष्ट्र मास सर्किटको आधारमा कमाईको पहाड नै बनाएको छ । १३० करोडको बजेटमा बनेको यो फिल्मले ४८ दिनमा हिन्दी र तेलुगुसहित देशभर ५९५.३० करोडको नेट कलेक्सन गरेको छ । तर, ‘स्त्री २’ लाई उछिन्दै अहिलेसम्म हिन्दीमा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्न भने अझै सकेको छैन । ‘स्त्री २’ ले ५९७.९९ करोडको व्यापार गरेको थियो । जहाँ हिन्दीमा ‘छावा’ ले अहिलेसम्म ५७९.४३ करोडको व्यापार गरेको छ ।
छावा’ले बुधबार रिलिज भएको ४८औं दिनमा देशभर ४१ लाख रुपैयाँ कलेक्सन गरेको सकनिल्कले जनाएको छ । जसमध्ये हिन्दीबाट ४० लाख र तेलुगु संस्करणबाट १ लाख रुपैयाँ कमाएको थियो। यसअघि मंगलबार ४७ औँ दिन ५४ लाख र सोमबार ८९ लाखको कारोबार गरेको थियो ।
अहिले ‘छावा’ ले बक्स अफिसमा आफ्नो प्रभाव गुमाउँदै लगेको छ । तर, यसो हुदाँ पनि यसले विश्वव्यापी कमाईमा भने ८०० करोड रुपैयाँको कोसेढुङ्गा पार गरिसकेको छ । तर रोचक कुरा के छ भने फिल्मले विदेशमा ९१ करोड २० करोड मात्रै कमाउन सकेको छ ।
















दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया