बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

मुम्बई । विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ ४८ दिनको लामो यात्रापछि अहिले थकित हुदैँ गएको छ । बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको यो फिल्मको कमाई बुधबार भने थप घटेको छ ।
यो चलचित्रले विगत तीन दिनदेखि लाखौंको व्यापार गरिरहे पनि अहिले यसलाई उठाउन मुस्किल परेको छ । तर, देशमा ६ सय करोड कमाउन अझै ५ करोड रुपैयाँ टाढा छ । तर, अहिले यसले विश्वव्यापी कमाई ८०० करोड नाघेको छ ।
लक्ष्मण उतेकरको निर्देशनमा बनेको ‘छावा’ को सफलता जादु भन्दा कम छैन । यो फिल्मले महाराष्ट्र मास सर्किटको आधारमा कमाईको पहाड नै बनाएको छ । १३० करोडको बजेटमा बनेको यो फिल्मले ४८ दिनमा हिन्दी र तेलुगुसहित देशभर ५९५.३० करोडको नेट कलेक्सन गरेको छ । तर, ‘स्त्री २’ लाई उछिन्दै अहिलेसम्म हिन्दीमा सबैभन्दा बढी कमाउने बलिउड फिल्म बन्न भने अझै सकेको छैन । ‘स्त्री २’ ले ५९७.९९ करोडको व्यापार गरेको थियो । जहाँ हिन्दीमा ‘छावा’ ले अहिलेसम्म ५७९.४३ करोडको व्यापार गरेको छ ।
छावा’ले बुधबार रिलिज भएको ४८औं दिनमा देशभर ४१ लाख रुपैयाँ कलेक्सन गरेको सकनिल्कले जनाएको छ । जसमध्ये हिन्दीबाट ४० लाख र तेलुगु संस्करणबाट १ लाख रुपैयाँ कमाएको थियो। यसअघि मंगलबार ४७ औँ दिन ५४ लाख र सोमबार ८९ लाखको कारोबार गरेको थियो ।
अहिले ‘छावा’ ले बक्स अफिसमा आफ्नो प्रभाव गुमाउँदै लगेको छ । तर, यसो हुदाँ पनि यसले विश्वव्यापी कमाईमा भने ८०० करोड रुपैयाँको कोसेढुङ्गा पार गरिसकेको छ । तर रोचक कुरा के छ भने फिल्मले विदेशमा ९१ करोड २० करोड मात्रै कमाउन सकेको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया