अदालतले जारी गरयो मलाइका माथी जमानत वारेन्ट

मुम्बई । बलिउड अभिनेता सैफ अली खानलाई २०१२ मा एक एनआरआई व्यापारीले कुटपिट गरेको आरोप लागेको थियो।
यो घटना सैफ अली खान, उनकी श्रीमती करीना कपूर, बहिनी करिश्मा कपूर, मलाइका अरोरा, अमृता अरोरा र सैफका केही साथीहरू पाँच तारे होटलमा सँगै हुँदा भएको थियो।
सैफ अली खानकी साथी तथा अभिनेत्री अमृता अरोराले यस मुद्दामा साक्षीको रुपमा बयान दिएकी थिइन् । यसै क्रममा मलाइका अरोरा पनि साक्षीको रुपमा अदालतमा उपस्थित हुनु परेको थियो तर उनी पटक–पटक अदालतमा आइनन् । यसपछि अब उनीविरुद्ध फेरि जमानती वारेन्ट जारी भएको छ ।
यस मुद्दामा अर्को सुनुवाई अप्रिल २९ मा हुनेछ। पहिलो पटक मलाइका अरोरा विरुद्ध फेब्रुअरी १५ मा जमानती वारेन्ट जारी गरिएको थियो तर उनी अदालतमा उपस्थित नभए पछि सोमबार फेरि वारेन्ट जारी गरिएको थियो।
खासमा यो घटना २२ फेब्रुअरी २०१२ मा एउटा पाँचतारे होटलमा भएको थियो, जहाँ मलाइका अरोरा पनि सैफ अली खान र उनका साथीहरूसँग उपस्थित थिइन। यसै समयमा एनआरआई व्यापारी इकबाल मीर शर्माले सैफमाथि आक्रमणको आरोप लगाएका थिए ।
रिपोर्टका अनुसार अमृता अरोराले घटनामा बयान दिएकी थिइन् कि जब घटना भयो, उनी र अन्य होटलमा रमाइलो समय बिताइ रहेकी थिइन। यसपछि व्यापारी इकबाल मीर शर्मा त्यहाँ आए र ठूलो स्वरले कराउन थाले । सैफले पनि मागे माफी तर पछि त्यो व्यक्तिले सैफसँग झगडा गर्न थाले ।
यसै क्रममा होटल बाहिर आवाज सुनियो र उनी पनि सैफको कोठामा पसे, जहाँ उनले सैफमाथि हमला गरे । सबैले कुनै न कुनै रूपमा स्थिति शान्त गरेका थिए ।
यस घटनाबारे व्यवसायी इकबाल मीर शर्माले प्रहरीमा उजुरी दिएका थिए । सैफ अली खानले उनलाई धम्की दिएर नाकमा मुक्का हाने जसका कारण उनको नाक भाँचिएको उनको आरोप छ । यसबाहेक इकबालले सैफ र उनका साथीहरूले ससुरा रमन पटेललाई पनि कुटपिट गरेको आरोप लगाएका छन् ।
यस प्रकरणपछि सैफ अली खान र उनका दुई साथीलाई पक्राउ गरिएको थियो तर पछि उनीहरु जमानतमा रिहा भएका थिए । यस घटनामा सैफले आफूसँग उपस्थित महिलाले दुर्व्यवहार गरेको बताएका थिए, त्यसपछि विवाद बढेको जनाउँदै आएका छन् ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया