नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

काठमाडौं। डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।
स्थानिय समयअनुसार गत मंगलबार राति अबेर राति क्लबको छाना खसेको हो ।
देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए । भग्नावशेषबाट शव मात्रै निस्किरहेका छन् ।
दुर्घटनामा सयौं घाइते भएका छन्, उनीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । हालसम्म १ सय ५५ जनालाई भग्नावशेषबाट जिउदै निकालिएको छ ।
दुर्घटना हुँदा क्लबमा कति जना थिए भन्नेबारे प्रशासनले अझै स्पष्ट पार्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार क्लबमा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया