शुक्रबार, वैशाख ५, २०८२

नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

मेरोन्यूज २०८१ चैत २७ गते १७:०८

काठमाडौं। डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । 

स्थानिय समयअनुसार गत मंगलबार राति अबेर राति क्लबको छाना खसेको हो ।

देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए । भग्नावशेषबाट शव मात्रै निस्किरहेका छन् ।

दुर्घटनामा सयौं घाइते भएका छन्, उनीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । हालसम्म १ सय ५५ जनालाई भग्नावशेषबाट जिउदै निकालिएको छ ।

दुर्घटना हुँदा क्लबमा कति जना थिए भन्नेबारे प्रशासनले अझै स्पष्ट पार्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार क्लबमा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए ।

प्रतिक्रिया