‘आइरन म्यान २’का कलाकार मिक्की भए कंगाल

लस एन्जलस। हलिउड अभिनेता मिकी राउर्के सन् २०१० मा रिलिज भएको मार्वल युनिभर्स फिल्म ‘आइरन म्यान २’ बाट पनि चर्चित बनेका थिए।
उनले यस फिल्ममा नकारात्मक भूमिका खेलेका थिए। यो फिल्म सार्वजनिक भएको १५ वर्ष भइसक्यो । अहिले मिकी राउर्केको अवस्था यस्तो भएको छ कि उनीसँग काम पनि छैन र पैसा पनि छैन् ।
मिकी आफैले आफ्नो करियरको बारेमा कुरा गरेका छन्। हाल उनी लोकप्रिय अमेरिकी टिभी रियालिटी शो ‘बिग ब्रदर’को हिस्सा बन्न पुगेका थिए । सोही कार्यक्रममा आफ्ना सह प्रतियोगीसँग कुरा गर्दा मिकीले आफूलाई कुनै राम्रो भूमिकाको प्रस्ताव नआएको खुलासा गरेका हुन्। उनको आर्थिक अवस्था पनि राम्रो छैन । उनी माथी करोडौं ऋण छ, जो तिर्न मुश्किल भइरहेको छ ।
उनले कोरोना महामारी र कलाकारहरुको सात महिना लामो हडताल पछि आफ्नो आवश्यक बिल तिर्न पनि पैसा नभएको बताए । त्यसपछि उनले बैंकबाट ५ लाख डलर ऋण लिनुपरेको थियो ।
यो संकटको बीचमा आफूलाई नराम्रो स्वतन्त्र फिल्मको अफर आएको उनले बताए । उनको लागि अर्को विकल्प थियो, ‘बिग ब्रदर’ नामक टिभी रियालिटी शोमा प्रवेश गर्ने। मिकीले आफ्नो करियर ध्वस्त भएको र अब ए लिस्ट फिल्ममा काम नपाएको खुलासा मात्रै गरेनन, धेरै ब्यक्तिगत कुरा पनि गरेका छन ।उनको कुरा सुन्दा लाग्छ, उनी साँच्चै अप्ठयारोमा बाँचिरहेका छन् ।
मिकीले आफ्नो करियरलाई बर्बाद गर्नको लागि आफूलाई जिम्मेवार ठान्छन्। द सनसँग कुरा गर्दै उनले भने, ‘मैले धेरै गल्ती गरेको छु। जसका कारण मेरो करियर डुब्यो। यसको लागि म आफैंलाई दोष दिन्छु।’
मिकी राउर्केलाई ‘बिग ब्रदर’बाट हटाउन पनि माग गरिएको छ । उनी शोका होस्ट एजे ओडुडुसँग दुर्व्यवहार गरेको कारण विवादमा फसेका थिए र उनलाई शोबाट बाहिर निकाल्ने मागहरू भएको पनि । तर पनि मिकी विगत चार दशकदेखि फिल्म उद्योगको हिस्सा हुन ।
सन् १९८१ मा रिलिज भएको फिल्म ‘बॉडी हीट’ बाट आफ्नो करियर सुरु गरेका उनले अहिलेसम्मको करियरमा मुख्य भूमिकाका साथसाथै सहायक भूमिका पनि निर्वाह गरेका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया