मौनी रोयले प्लास्टिक सर्जरी गराएकी हुन् ?

काठमाडौं । भारतीय अभिनेत्री मौनी रोय चाँडै नै फिल्म ‘भूतनी’ मा देखिँदैछिन्।
यतिबेला उनी फिल्मको प्रोमोसोनमा सक्रिय छिन् । हालै एक कार्यक्रममा देखिएकी उनी आफ्नो लुकका कारण चर्चामा आएकी छिन्।
फिल्मको प्रोमोसोनका लागि आएकी मौनीको अनुहार एकदमै बदलिएको देखिएको थियो। उनको निधारमा केही असामान्य रेखाहरू देखिए, जसकारण उनले प्लास्टिक सर्जरी गरेको धेरैले अनुमान गरेका छन्।
केही दिन अघि मौनी रोयले सामाजिक सञ्जालमा पनि आफ्ना केही तस्बिरहरू सेयर गरेकी थिइन्। यी तस्विरहरूमा उनले यस्तो हेयरस्टाइल अपनाएकी थिइन् कि जसले उनको निधार पूर्ण रूपमा ढाकिएको देखिन्थ्यो। यसपछि सामाजिक सञ्जालमा मौनीले प्लास्टिक सर्जरी गराएर आफ्नो निधार सानो पारेको अनुमान लगाइएको थियो ।
मौनीकाे फिल्म ‘भूतनी’ १८ अप्रिलमा रिलिज हुँदैछ। फिल्ममा उनीबाहेक संजय दत्त, सनी सिंह र पलक तिवारी पनि महत्वपूर्ण भूमिकामा छन्।
मिडिया रिपोर्टका अनुसार यो फिल्म ३७ करोड भारु रुपैयाँको लागतमा बनेको हो।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया