वडा कार्यालयद्वारा स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान
मेरोन्यूज
२०८१ चैत २९ गते ८:०२

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको हो ।
वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा सचिव जयराम चौधरीले जानकारी दिए । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष घनश्याम चौधरीले स्वयंसेविकालाई साइकल हस्तान्तरण गरेका थिए ।
स्वयंसेविका मञ्जु चौधरीले साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा प्रवाह गर्न सहज भएको बताइन् ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया