रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाईकल बरामद
मेरोन्यूज
२०८१ चैत २९ गते ११:०४

रौतहट। रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा बिभिन्न ब्राण्डको कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको हो।
बरामद मोटरसाईकलहरु को कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको चोरीको सवारी साधन नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन्
सम्बन्धित










सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया