सोमबार, वैशाख २१, २०८३

रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाईकल बरामद 

मेरोन्यूज २०८१ चैत २९ गते ११:०४

रौतहट।  रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा बिभिन्न ब्राण्डको कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको हो।

बरामद मोटरसाईकलहरु को कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको चोरीको सवारी साधन नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन्

प्रतिक्रिया