भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ

रौतहट । प्रहरी गस्ती टोलीले रौतहटको सदरमुकाम गौर स्थित बसपार्कमा भन्सार छलीको अबैध सामान बोकेको टेम्पो संगै चालक लाई पक्राउ गरेको छ।
सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली ल्याएको ४ लाख २९ हजार ९२० रुपैया बराबरको कपडा, किराना, भाँडा बर्तन बोकेको ना २ ह ४६६० नम्बरको टेम्पो सहित चालक परोहा नगरपालिका ४ का ३० बर्षीय उमेश कुमार यादव लाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।
बरामद भन्सार छलीको सामान सहित टेम्पो र चालक यादव लाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार जारीगरेको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्रण अभियान अन्तर्गत करोडौँको भन्सार छलीको सामान, दर्जनौ सवारी साधन र तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ।
प्रहरीको सक्रियताले बिगतको तुलनामा रौतहटमा भारतीय सामानको तस्करी न्यून प्रायः भएको जानकारहरुले बताएका छन्।










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया