शुक्रबार, वैशाख ५, २०८२

सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउनुको कारण

मेरोन्यूज २०८२ वैशाख २ गते १७:१५

काठमाडाैं । गोरखा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको ७३ नम्बर निवेदनमा प्रारम्भिक सुनुवाइपछि मंगलबार कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

रुपन्देही जिल्ला अदालतका न्यायायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि हाल उनी थुनामा छन् । उक्त आदेशविरुद्ध उच्च अदालतमा दिइएको निवेदनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले जोशीलाइ थुनामा पठाउने जिल्ला अदादतको आदेश सदर गरिदिएको थियो ।

जोशीले आइतबार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनः निवेदन दिएका थिए ।

प्रतिक्रिया