सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउनुको कारण
मेरोन्यूज
२०८२ वैशाख २ गते १७:१५

काठमाडाैं । गोरखा मिडिया नेटवर्कमार्फत सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको ७३ नम्बर निवेदनमा प्रारम्भिक सुनुवाइपछि मंगलबार कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
रुपन्देही जिल्ला अदालतका न्यायायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि हाल उनी थुनामा छन् । उक्त आदेशविरुद्ध उच्च अदालतमा दिइएको निवेदनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले जोशीलाइ थुनामा पठाउने जिल्ला अदादतको आदेश सदर गरिदिएको थियो ।
जोशीले आइतबार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनः निवेदन दिएका थिए ।
सम्बन्धित
















बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
HoR elections: 13.79 million ballot papers printed so far
चुनावी सुरक्षाका लागि सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया