म्याग्दीको धौलागिरिमा तीनवटा झोलुङ्गे पुल निर्माण हुँदै
मेरोन्यूज
२०८२ वैशाख ४ गते ९:०७

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका– ३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो ।
धौलागिरि गाउँपालिका– ३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नम्बर ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुई सय ५० मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ ।
आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका– ४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।
सम्बन्धित










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया