विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा

डुम्रे (तनहुँ)। विश्व सम्पदा दिवसका अवसरमा आज यहाँको व्यास नगरपालिकाभित्रका पुरातात्विक सम्पदा संरक्षण र प्रवर्द्धनका व्यास सम्पदा पदयात्रा आयोजना गरिएको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘सम्पदा संरक्षण एवं स्वास्थ्य शरीरका लागि’ नारासहित पदयात्रा आयोजना गरिएको हो ।
यहाँका पुरातात्विक सम्पदाको अध्ययन तथा अवलोकनका निम्ति पदयात्रा गरिएको प्रतिष्ठानको कला तथा सांस्कृतिक विभाग संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए । लोपोन्मुख अवस्थामा रहेका र कतिपय भग्नावशेष बनेका पुरातात्विक सम्पदा संरक्षणमा टेवा पु¥याउने उद्देश्यले पदयात्रा गरिएको उनले बताए ।
व्यास नगरपालिकाको कार्यालय परिसरबाट सुरु गरिएको पदयात्रा व्यास–४ कार्यालय परिसर, जलदेवी मन्दिर–मस्जिद, कालिका मन्दिर–तमुसार कोइबो हुँदै पाटन–पराशर–व्यास गुफा क्षेत्रमा पुगी पर्यटकीय सम्भाव्यता र सम्पदाको अध्ययन तथा अवलोकन गरिएको पुरात्व एवं पर्यटन विभाग संयोजक हरिसिं गुरुङले बताए । पाटन पराशर र व्यास गुफासँगै देउरालीनगर धार्मिकस्थल भ्रमणपछि व्यास–३ अनशन चौतारीमा पदयात्रा समापन गरिएको उनले जानकारी दिए ।
व्यास नगरपालिका प्रमुख एवं व्यास प्रज्ञा प्रतिष्ठानका कुलपति बैकुण्ठ न्यौपानेले अधिकांश सम्पदा भग्नावेश अवस्थामा पुगेको भेटिएका बताए । पदयात्रामार्फत नगरपालिकाभित्रका पर्यटकीय स्थानका साथै पुरातात्विक सम्पदाको अवस्था पहिचान गरिएकाले यसले आगामी दिनमा पर्यटन र पुराना सम्पदा संरक्षणमा योजना बनाउन सहयोग पुग्ने विश्वास लिएको उनले बताए ।
“नगरपालिका पर्यटकीय तथा पुरातात्विक सम्पदामा धनी छ तर यसतर्फ ध्यान दिन सकिएको छैैन । हाम्रो पहिचान नै यी सम्पदा हुन्, त्यसैले नगरपालिका यसतर्फ सचेत भएको छ । आजको कार्यक्रमले पनि हामीलाई केही काम गर्ने सन्देश प्राप्त भएको छ । हाल सञ्चालनमा रहेका यससँग सम्बन्धित कार्यक्रमलाई थप बढावा दिनेछौँ । यी सम्पदालाई आयसँग जोड्ने लक्ष्यसहित अगाडि बढ्छौँ”, नगरप्रमुख न्यौपानेले भने ।
नगरपालिका क्षेत्रमा प्रमुख पर्यटकीयस्थलका रूपमा भगवान वेदव्यासको २८औँ अवतरण भूमि व्यास गुफा परिसर रहेको छ । यसका साथै पराशर गुफा, तनहुँ कालिका मन्दिर धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित छन् । यहाँका कयौँ स्थानको प्रवर्द्धन हुनसकेको छैन । पदयात्रामार्फत यस्ता पुरातात्विक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धनमा तीनै तहका सरकारलाई आवश्यक कार्य अगाडि बढाउन सन्देश प्रवाह भएको आयोजकले जनाएको छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया