विश्वसम्पदा सूचीकृत क्षेत्रमा पदयात्रा

काठमाडौँ । विश्वसम्पदा दिवसका अवसरमा आज स्वयम्भूदेखि वसन्तपुरसम्म पदयात्रा गरिएको छ ।
पूरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, विभिन्न सांस्कृतिक संघसंस्थालगायतको सहभागितामा स्थानीय भुइँखेलबाट सुरु भएको यात्रा विभिन्न सम्पदा मार्ग हुँदै वसन्तपुरमा पुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पदयात्राको शुभारम्भ गरे । उनले प्राचीन सम्पदा तथा पूरातात्विक महत्वका वस्तुले देशको ऐतिहासिकता, सभ्यताको अवस्थालाई अध्ययन र अनुसन्धानमा सहयोग गर्ने बताउँदै तीनको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्ने बताए ।
पदयात्रा सुरु भएको स्वयम्भूनाथ क्षेत्र र समापन गरिएको हनुमानढोका दरबार क्षेत्रको दूरी करिब ३ किलोमिटर छ । यस दूरीभित्र पूराना मन्दिर, पोखरी, कुवालगायत सांस्कृतिकस्थल तथा सम्पदा छन् । यात्राका क्रममा सहभागीले सम्पदा संरक्षणसम्बन्धी सन्देश फैलाइएको थियो ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले पनि विश्वसम्पदा दिवसका सन्दर्भमा स्वयम्भूनाथ चैत्य तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरेको छ । महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले स्वयम्भूको संरक्षण तथा स्थानीय जात्रा पर्व, संस्कृतिको जगेर्नामा महासमितिले सहयोग गर्दै आएको जानकारी दिए ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया