कुलमानलाई हटाएको भन्दै महोत्तरीमा नागरिक समाजको खबरदारी

महाेतरी । विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशाेध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्याली गरेका छन ।
सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उदेश्यले घिसिङ्गलाई हटाएको भन्दै वेथितिका विरुद्ध सवै जना एकजुट हुनुपर्ने आव्हान सहितको खवरदारी र्याली गरेका हुन् । बर्दिवास उधोग बाणिज्य संघ, जनजाती महासंघ लगायतका संस्थाहरुको आयोजनामा बर्दिवास शहरको पश्चिमतर्फवाट प्रारम्भ भएको र्याली बजार परिक्रमपछि कोणसभामा परिणत गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले सरकारको पक्ष-विपक्ष भन्दा पनि वेथितिका विरुद्ध खबरदारी भएको धारणा राखे कुलमानलाई हटाएदेखी अघोषित लोडसेडिङ भएको जिकिर गर्दै जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले षडयन्त्रपुर्ण ढंगले लोडसेडिङ्ग हुनेतर्फ उनमुख भएको प्रती आक्रोश व्यक्त गरेका छन । व्यावसायी र सर्वसाधारण हितविपरित सरकारका निर्णयहरु गलत दिशातर्फ अगाडि बढेका छन्´ अध्यक्ष कार्कीले भने,खबरदारी गरेर सरकारका गलत निर्णयहरुका विरुद्ध एकजुट हुनुपर्छ जुन जनहित विपरित छन् ।´
जनजाती माहासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले पनि सरकार जनपक्षीय बन्न नसकेको प्रति आक्रोश व्यक्तसमेत गरेका छन् । पार्टीको झोला फ्याकेर हाम्रा भन्दा पनि राम्रालाई साथ दिनुपर्ने वताउदै अन्यायको विरुद्ध पार्टीभन्दा माथी उठनुपर्ने अध्यक्ष श्रेष्ठले जिकिर गरे ।















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया