आइतबार, वैशाख ६, २०८३

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

मेरोन्यूज २०८२ वैशाख ७ गते ९:३७

शनिबार। राति भएको खेलमा सिटीले एभरटनलाई २-० ले हराएको हो। अन्तिम समयसम्म गोलरहित अवस्थामा रहेको अवस्थामा ८४ औँ मिनेटमा निक ओ रेलीले गोल गरे। यसैगरी, इन्जुरी समयमा मेटो कोभासेकले गोल गरे।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

न्यु क्यासल भने अस्टन भिल्लासँग ४-१ ले पराजित भयो। ओली वाटकिन्सनले ३४ औँ सेकेन्डमा गोल गर्दै अस्टन भिल्लालाई अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा न्यु क्यासलका लागि स्कारले गोल गरेका थिए।

६४ औँ मिनेटमा इयान माटसेनले वाटकिनको सहयोगमा गोल गर्दै भिल्लालाई जित दिलाए। ७३ औँ मिनेटमा ज्याकोब राम्सीको क्रस रोक्ने क्रममा डान बर्मले आत्मघाती गोल गरे। अमाडाउ ओनारियोले भिल्लाका लागि अन्तिम गोल गरे।प्रिमियर सिपका अन्य खेलमा ब्रैन्टफोर्डले ब्रिङटनलाई ४-२ ले हरायो। क्रिस्टल प्यालेस र बोर्नमाउथबीच गोलरहित बराबरी भयो। वेस्ट हाम र साउथ हाम्टनबीच १-१ गोलको बराबरी भयो।

तालिकामा ३२ खेल खेलेका लिभरपुलको ७६ तथा आर्सनलको ६३ अङ्क छ। पराजयका बाबजुद ३३ खेल खेलेका न्यु क्यासलको ५९ अङ्क तथा सिटीको ५८ अङ्क छ।

३२ खेल खेलेको नटिङघम फरेस्टको ५७ तथा ३३ खेल खेलेको भिल्लाको पनि ५७ अङ्क छ। ३२ खेल खेलेको चेल्सीको ५४ अङ्क छ।

प्रतिक्रिया