‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग

काठमाडौं । दलित समुदायका अगुवाहरुले ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै माइतिघर मण्डलामा आज धर्ना दिएका छन् ।
नेपाल पिछडावर्ग (ओबिसी) महासङ्घको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय (ओविसि) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
महासङ्घका अध्यक्ष गजेन्द्र ठाकुरले तीन वटै विकास समितिमा रिक्त रहेको पदमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्नेमा जोड दिए । तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई पुनःनियुक्ति गर्नुपर्ने उनको भनाइ छ ।
महासङ्घले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरणको लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र (ओबिसि) आरक्षण लागू गर्नुपर्ने, सरकार र नेपाल पिछडावर्ग (ओबिसि) महासङ्घ, दलित सङ्घ तथा वादी समुदायबीच भएको सम्झौता लागू गर्न सरकारसँग अनुरोध गरेको छ ।
















पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया