आँखा शिविरबाट चौध सय लाभान्वित

सिरहा । सिरहाको धनगढीमाईमा सञ्चालन गरिएको आँखा शिविरबाट एक हजार ४२३ सर्वसाधारणले निःशुल्क उपचार पाएका छन् । धनगढीमाई नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको साझेदारीमा नगरको विभिन्न वडामा सञ्चालित नौ दिनसम्म चलेको उक्त शिविरबाट उनीहरुले लाभ लिएका हुन् ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वेश्वरप्रसाद यादवका अनुसार प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले धनगढीमाई–१, २, ३, ५, ६, ७, ८, १२, १३ र १४ वडामा शिविर सञ्चालन गरेका थिए । आँखा चिकित्सकहरू डा बन्दना खनाल, डा दीक्षा विष्ट, डा विष्णुहरि मरहठ्ठासहित १८ जनाको टोली उपचारमा खटिएको थियो ।
शिविरमा आँखा जाँच गराएकामध्ये तीन सय ७२ जनामा मोतियाविन्दुको समस्या देखिएको तिलगङ्गा आँखा प्रतिष्ठानबाट शिविरमा खटिनुभएका नेत्र सहायक गजेन्द्रकुमार महतोले जानकारी दिए । धनगढीमाई नगरपालिकाको कार्यालयमा वडा नं ४ र १० सहित अन्य वडामा छुटेका आँखाका बिरामीको जाँच गरिने छ ।
यसअघि २०७९ फागुनमा पनि नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा नगर क्षेत्रमा करिब एक साता आँखा जाँच शिविर सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले बताए । उक्त शिविरमा ५३२ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको उनले बताए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया