करण जोहरले तौल घटाउन औषधी सेवन गरेका हुन् ?

काठमाडौं। बलिउड निर्माता करण जोहर आफ्नो शरीरका कारण यतिबेला चर्चामा छन् ।
हालै उनी विभिन्न सभा समारोहमा देखिएका थिए । जहाँ उनी निकै दुब्लो देखिएका थिए।
करणले तौल घटाउन ओजेम्पिक जस्ता औषधि सेवन गरेको प्रयोगकर्ताहरुले अनुमान लगाएका थिए । यसैबीच आफ्नाबारेका भइरहेको हल्लाबारे निर्माताले प्रतिक्रिया दिएका छन् ।
अप्रिल १७ मा सामाजिकसञ्जाल इन्स्टाग्राममा लाइभ आएर करणले आफ्नो तौल घटाउने यात्राको पछाडि औषधी नभएर सन्तुलित जीवनशैली, पोषण र व्यायाम रहेको बताए।
”अतिरिक्त किलो घटाउन कडा आहार पालना गरे। दिनमा एक पटक मात्र खाना खाने कुरामा ध्यान केन्द्रित गरें। यी सबै बाहेक, सक्रिय रहन र तौल घटाउन, उनले प्याडल बल खेले र पौडी खेले,” लाइभमा उनले भने ।
करण बाहेक फिल्म निर्माता साजिद नाडियाडवाला र साउथ अभिनेता जुनियर एनटीआर पनि आफ्नो लुक्सका कारण चर्चामा छन्। दुवै जना आफ्नो पुरानो लुक भन्दा धेरै पातला देखिएका छन् ।










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया