बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन
मेरोन्यूज
२०८२ वैशाख ८ गते १६:१०

, काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ ।
‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ ।
विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नं का औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ ।
सम्बन्धित















आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया