सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ
मेरोन्यूज
२०८२ वैशाख ८ गते १८:१६

काठमाडौँ । नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षिय जानकी न्यौपाने रहेकी छन् ।
उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अनय केही व्यक्तिबाट समेत रकम लिएकी थिइन् । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा काठमाडौँको त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया