रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
मेरोन्यूज
२०८२ वैशाख ९ गते १३:५७

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो। अब अर्को दिन २ न्यायाधीश भएको संयुक्त इजलासमा पेशी तोकिनेछ।
सहकारी ठगी प्रकरणमा रवि बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।
सम्बन्धित
प्रतिक्रिया