नयाँ वर्षमा रियलमी र एनसेलको अफर : सी७५ स्मार्टफोन किन्दा निःशुल्क डाटा र टक टाइम

काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर ‘न्यु इयर, न्यु मी विद एनसेल एण्ड रियलमी’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्ने कम्पनीकाे विस्वास छ ।
यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन् ।फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो ।
नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ-८+१२८ जिबीको लागि मूल्य २६ हजार ९९९ रुपैयाँ र ८+२५६ जिबिको लागि २९ हजार ९९९ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ ।
साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ-वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हो ।
यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुनेछ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया