धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ
मेरोन्यूज
२०८२ वैशाख ९ गते १८:४३

धनकुटा। धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ रहेका छन् ।
आज धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्वरको कालो रङको मोटरसाईकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागुऔषध गाँजा २० केजी फेला परेको हाे ।
उक्त गाँजा र मोटरसाइकल सहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गाँजासहित पक्राउ परेका तामाङको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया