धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ
मेरोन्यूज
२०८२ वैशाख ९ गते १८:४३

धनकुटा। धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ रहेका छन् ।
आज धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्वरको कालो रङको मोटरसाईकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागुऔषध गाँजा २० केजी फेला परेको हाे ।
उक्त गाँजा र मोटरसाइकल सहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गाँजासहित पक्राउ परेका तामाङको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर बने शाहब
प्रतिक्रिया