ट्रम्प मे १३ मा मध्यपुर्वी एसिया तीन देशको भ्रमणमा निस्कने

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति मध्य पुर्वी एसियाको भ्रमणमा निस्कने भएका छन् ।
ह्वाइट हासउका अनुसार राष्ट्रपति ट्रम्पले मे १३ देखि १६ सम्म साउदी अरेबिया, कतार र युएईको भ्रमणमा जाने भएका हुन् ।
ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले आज राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणको मिति घोषणा गरेकी हुन । ‘उहाँ मे १३ देखि मे १६ सम्म साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नु हुनेछ, उनले भनिन्। उनले इजरायललाई ट्रम्पले भ्रमण गर्ने देशहरूको सूचीमा नराखे बताइन ।
साथै, प्रवक्ता लेभिटले राष्ट्रपति ट्रम्प सप्ताहन्तमा पोप फ्रान्सिसको अन्त्येष्टिको लागि रोमको यात्रा गर्नेछन् । उनका अनुसार आगामी शुक्रबार रोम प्रस्थान गर्ने उनी भोलीपल्ट अर्थात शनिबार फर्कने छन्।
गत २१ अप्रिलमा पोपको ८८ बर्षको उमेरमा निधन भएको थियो, क्याथोलिक धर्मका सबैभन्दा ठुला ब्यक्तित्वको अन्तिम संस्कार अप्रिल २६ मा हुने भ्याटिकन सिटीले जनाइसकेको छ ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया