म्यानचेस्टर सिटीको रोमाञ्चक जीत
मेरोन्यूज
२०८२ वैशाख १० गते ९:३३

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बिजयी भएको छ ।
मंगलबार खेलमा अन्तिम समयको गोलले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।
इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भा र म्याथियस नुनेजले गोल गरेका थिए भने भिल्लाका लागि मार्कस रासफोर्डले जवाफी गोल फर्काएका थिए ।
खेलको पहिलो हाफमा नै सातौं मिनेटमै सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । १८औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै भिल्लालाई बराबरीमा ल्याएका हुन् ।
तर, इन्जुरी समयमा नुनेजले गोल गर्दै सिटीलाई स्पष्ट तीन अंक दिलाउन सफल भए ।
यो जितसँगै ३४ खेलमा ६१ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भिल्ला ३४ खेलबाट ५७ अंकका साथ सातौं स्थानमा रहेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया