राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी,मन्त्रिपरिषद अब २४ सदस्यीय
मेरोन्यूज
२०८२ वैशाख १० गते १८:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन्।
यस अघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ। राष्ट्रपतिको कार्यालयको पत्र अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।
यसअघि नेकपा एमालेकै विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका हुन्। उनको शपथग्रहण भोलि बिहीबार हुदैँछ । उनी परराष्ट्र मन्त्री आरजु राणा पछि आठौं बरियताक्रममा समावेश भएका छन् ।
यस्तै, प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्। राष्ट्रपति कार्यालयको पत्रमा उनको नाम उल्लेख छैन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया