बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा , मदिरा नष्ट
मेरोन्यूज
२०८२ वैशाख ११ गते १४:३७

रौतहट। जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरुले बिभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौं लिटर मदिरा नष्ट गरेको छ।
प्रहरीचौकी लंग्डा चौक र ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटी गएको छुट्टाछुट्टै गस्ती टोलीले बिशेष सूचनाको आधारमा उक्त कारवाही गरेको हो।
गस्ती टोलीले पचरौता नगरपालिका ८ छबकहिया गाउँ, आदर्श कोतावाल गाउँपालिका–३ बतरा ,५ टेढाकटी ६ पटेर्वा गाउँ गरी ८ वटा रक्सी भट्टीमा छापामारी २५१ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताएका छन्।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले तस्करी, लागूऔषध, अबैध मदिराको कारोवार नियन्त्रण गर्न सञ्चालन गरेको अभियान अन्तर्गत कारवाही तीब्र बनाईएको जनाईएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया