शुक्रबार, वैशाख १८, २०८३

४ लाख भन्दाबढी मूल्यको लागुऔषध बोकेको गाडीसहित २ जना पक्राउ

मेरोन्यूज २०८२ वैशाख ११ गते २१:३२

मकवानपुर। मकवानपुरमा ७५ सय क्याप्सुल लागुऔषध ट्रामाडोल बोकेको गाडीसहित २ जना पक्राउ परेका छन्।

Advertisement
NiccNicc

बिहीबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा– १५ रातोमाटे चेकपोइन्टमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा करिब ४ लाख रुपैयाँ बराबरको लागुऔषध ट्रामाडोल बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ।

बाराको सिम्ररौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडी र चालक बारा पचरौता नगरपालिका वडा– ७ बेनौली बस्ने २५ वर्षीय तिर्थलाल पासवान र सहचालक सोही ठाउँका २३ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए।

गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला परेको डीएसपी अर्यालको भनाइ छ।

प्रतिक्रिया