शुक्रबार, वैशाख १२, २०८२

अद्वितीय फिचरले भरिएको दिपल ईभीमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर

मेरोन्यूज २०८२ वैशाख १२ गते १४:४८

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले दिपल ईभी खरिद गर्ने ग्राहकका लागि आकर्षक अफरहरूसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ । बजेट आउनुभन्दा पहिले सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरूले भरिएको दिपल ईभीलाई आकर्षक अफरहरूसहित खरिद गर्ने यो अनुपम समय हुनेछ ।

‘अनमिसेबल प्रि–बजेट अफर’मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को नि:शुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा पनि पाउनेछन् ।

नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल ईभी खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लू वृद्धिले मात्र २० प्रतिशत डाउन पेमेन्ट गरे किस्ताबन्दीमा गाडी खरिद गर्न सकिने र ब्याजदर पनि ८.९९ प्रतिशत मात्र हुने बताइएको छ ।

साथै, १० वैशाखदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनेछन् । बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल ईभीलाई आकर्षक अफरहरूसहित पुरानै मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुन सक्छ ।

नेपालमा सार्वजनिक भएको एक वर्षभित्रै ८ सयभन्दा बढी थान गाडी बिक्री भएर रेकर्ड राखिकसकेको छ । नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रूपमा उच्च कोटीको ईभी मोडेल छन् । यी ईभीहरूमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरूको माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभाषित गरेको छ ।


साथै, ग्राहकको सहजता तथा ईभी इकोसिस्टमलाई मलजल गर्न एमएडब्लू वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ, जुन नेपालकै सबैभन्दा ठूलो चार्जिङ सञ्जाल हो ।

प्रतिक्रिया