काश्मिरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्विर सार्बजनिक

काठमाडाैं । मंगलबार दिउँसो आतंकवादीहरूको एक समुहले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूलाई आक्रमण गरेका थिए ।
जसमा तीन विदेशी पर्यटकहरू सहित २७ जनाको मृत्यु भएको थियो भने २० जना बढी घाइते भएका थिए ।
भारतीय मिडियाका अनुसार कश्मीरमा आतंकवादको नयाँ पर्याय बनेको लश्कर ए तैयबाको हिट स्क्वाड रेजिस्टेन्स फ्रन्टले सो आक्रमणको जिम्मेवारी लिएको छ।
पर्यटकीय नगरीमा भएको सो आतंकवादी हमलापछि भारतीय सरकारले आतंकवाद बिरूद्द एकजुट भएर सामाना गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो भ्रमण छोटाएर एकदिन अगावै साउदी अरबबाट भारत फर्केका छन् ।
सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । प्रधानमन्त्री मोदी पनिआज जम्मू कश्मीर जाने सम्भावना रहेको जनाइएको छ।
सो आतंकवादी हमलामा नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मिर घुम्न गएका थिए ।
सो घटनाका बारेमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले निन्दा गरेका छन भने प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर दुःख ब्यक्त गरेका छन । र, साथ साथै ओलीले आतंकबादको बिरूद्दमा भारतका साथ रहेको पनि प्रतिबद्दतासमेत जनाएका छन् ।
यसैबिच, भारतीय मिडिया दैनिक जागरणले सो हमलामा संलग्नहरूको तस्विर सार्बजनिक गरेको छ । तर, नाम भने अझै खुलाइएको छैन ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया