गलैंचा कारखानाबाट उठाएर मुम्बईको कोठी लगेर ८० हजारमा महिला बिक्री, ३० वर्षपछि पक्राउ

काठमाडौं। मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेर ३० वर्षदेखि फरार व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साबिक भोटेनाम्लाङ गाविस-४ हाल पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ५७ वर्षीय चमारे भनिने चमार तामाङ रहेका छन्।
मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
उनले २०४४ साल पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुर्याएर एक महिलालाई बिक्री गरेको उजुरी प्रहरीमा थियो। मुम्बईमा रिता तामाङ गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठी नम्बर ७ मा पुर्याएर तामाङले ८० हजार रुपैयाँमा महिलालाई बिक्री गरेको प्रवक्ता कुँवरले बताए।
कुँवरका अनुसार ती महिला चाबहिलस्थित गलैंचा बुन्ने कारखानामा काम गरिरहेकी थिइन्। तामाङले ‘त्यस्तो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौं, तिमीजस्तो केटीले बढी सुन ल्याउन सक्छौ’ भन्दै विश्वासमा पारेर मुम्बई पुर्याएका थिए।
उक्त कोठीमा सात वर्षसम्म महिलालाई वेश्यावृत्तिमा लगाइएको थियो। त्यही क्रममा टिबी रोग लागेपछि उनलाई साहुनीले २०५१ माघमा नेपाल फिर्ता पठाइन्। नेपाल आएपछि उनले २०५२ साल फागुन १ गते सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिइन्।
सिन्धुपाल्चोक प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले मुद्दा दर्तापछि २०७७ साल असोज ६ गते ब्युरोमा मिसिल पठाएको थियो। फरार प्रतिवादी खोजी सिलसिलामा तामाङलाई लामो समयपछि पक्राउ गर्न सफल भएको ब्युरो प्रवक्ता कुँवरले बताए।
तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया