शनिबार, वैशाख १३, २०८२

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

मेरोन्यूज २०८२ वैशाख १३ गते ८:४४

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्य मन्त्री तीर्थराम डङ्गोलको राति निधन भएको छ । 

परिवार स्रोतका अनुसार लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको शुक्रबार राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो  ।   

विसं २००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डरका रूपमा खटिएका थिए । 

उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्व मन्त्री भिमसेन दास प्रधानले जानकारी दिए । 

प्रतिक्रिया