भक्तपुरमा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

भक्तपुर। भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आज नेपाल किक बक्सिङ सङ्घ, भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यहाँ पहिलोपटक यही वैशाख १९ र २० गते सूर्यविनायक नगरपालिका–८ जगाती कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ देशभरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्दै अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। हालै सम्पन्न १९औँ एसियाली खेलकुद, गोङ्जाउ, चीनमा किक बक्सिङ समावेश भएसँगै यस खेललाई आगामी एसियाली खेलकुदको तयारीका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिइएको उनले जानकारी दिए ।
प्रतियोगितामा नेपालका सातै प्रदेशका कम्तीमा २० जिल्लाका एक सय १० जनाभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको सङ्घका महासचिव राजु सिंह बजिकोले जानकारी दिए । उनका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घद्वारा स्वीकृत के–१ नियमावलीअनुसार सञ्चालन हुनेछ । प्रत्येक खेलमा तीन राउन्ड हुने छभने प्रत्येक राउन्डको अवधि दुई मिनेटको हुनेछ । प्रतियोगितामा खेलाडीहरूको शारीरिक क्षमता, प्रविधि र मानसिक बलको उत्कृष्ट प्रदर्शन हुने उनले बताए।
प्रतियोगितामा पुरुषतर्फ ११ वटा र महिलातर्फ सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । साथै सातवटा पेसागत (व्यावसायिक) फाइटहरू पनि आकर्षणका रूपमा आयोजना गरिनेछ र खेलाडीहरूको तौल जाँच वैशाख १८ गते हुने उनले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ भने विशिष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।
खेलाडीको नाम दर्ताको अन्तिम मिति वैशाख १८ गते तोकिएको छभने खेलाडीहरूको दीर्घकालीन अभिलेख राखी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छनोट प्रक्रिया सहज बनाउने बताइएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया