बिहीबार, वैशाख २४, २०८३

नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ

मेरोन्यूज २०८२ वैशाख १४ गते ७:०९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । उनले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताए । 

Advertisement
NiccNicc

शनिबार ललितपुरस्थित ग्वार्कोमा रहेको होटेल तुलिपमा आयोजना गरिएको नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन भएर आएपछि चलचित्रकर्मीले सामना गरिरहेको अवरोध हट्ने बताए । 

“नयाँ चलचित्र ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु,” उनले भने ।  

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले पदभार सम्हालेदेखि नै भनिरहेका तीन काम अन्तिम चरणमा भएको बताए ।  

“चलचित्र क्षेत्रको पहिलो समस्या भनेकै नयाँ चलचित्र ऐन थियो, जुन हामीले छिट्टै पाउने सुनिश्चित भइसकेको छ । चलचित्र छायांकनका लागि नेपालकै ठूलो स्टुडियो बनाउने कुरा पनि बोलपत्र प्रक्रियाबाट अगाडि बढेर अब छिट्टै शिलान्यास हुँदै छ,” उनले भने, “यसका साथै चलचित्र भवनमा काटिएको टिकटको विवरण पनि छिट्टै आउनेगरी ‘बक्स अफिस’मा ‘रियल टायम डाटा’ उपलब्ध हुनेछ ।” 

अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा देखिएका समस्यालाई आफूले चलचित्रकर्मीका रूपमा बुझेकाले त्यसलाई क्रमबद्ध रूपमा समाधान गर्ने बताए ।

प्रतिक्रिया