रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न लिङ्देनलाई कांग्रेसकाे चेतावनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ।
गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह महामन्त्रीका छोराले भाटभटेनीवाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिब्यक्ति प्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? त्यो राप्रपा अध्यक्ष लिङदेनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।
‘नेपाली कांग्रेसका कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।
लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् । तर, उनको सो अभिब्यक्ति पछि सह महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर प्रचार भएको थियो ।
तर, यादवका दुवै छोरा डाक्टर रहेको र उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकास र विकासले खण्डनसमेत गरिसकेका छन् ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया