आइतबार, वैशाख १४, २०८२

शिक्षक र प्रहरीबीच झडप

मेरोन्यूज २०८२ वैशाख १४ गते १२:५०

काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले शिक्षकहरुलाई रोक्न खोजेको थियो । प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए ।

प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनयता शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया