शिक्षक महासंघले बाेलायाे आकस्मिक बैठक
मेरोन्यूज
२०८२ वैशाख १४ गते १३:४७

काठमाडौं। नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भएपछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ ।
बिगत चैत २० देखी जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भए पछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।
निषेधित क्षेत्र तोडन खोजे पछि आज पहिलो पटक शिक्षक र प्रहरी बिच नयाँ बानेश्वरमा झडप भएको हो । सो क्रममा प्रहरीले शिक्षकहरू माथी पानीको फोहोरा प्रहार गरे पछि प्रदर्शनले उग्र रूप लिएको हो ।
सो क्रममा प्रहरीले अहिलेसम्म एकजना शिक्षकलाइ पक्राउ गरेको जानकारी दिएको छ भने दर्जनौं शिक्षक घाइते भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया