नेपाल पनि एटमोसफेर कोर हस्पीटालीटिको संजालमा थपियो

काठमाडौं । बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटिले गर्ने भएको छ ।
लस्ट होराइजन जंगल रिसोर्टको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५को अन्ततिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।
समुद्री सतहबाट ५ हजार फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो सहर हो । २५ एकड जमिनमा फैलिएको यो रिसोर्ट बाट मौसम सफा भएको बेलामा सगरमाथालगायत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर ग्रुपकै प्रबन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षीण एरियाको विलासी पर्यटकिय गन्तब्यको रुपमा अघि बढिरहेको र ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तब्यहरुको खोजीमा रहने बताउनु भएको छ । हाम्रो सोच अनुसार अत्यन्तै राम्रो नयाँ गन्तब्य हाम्रा उच्च स्तरीय ग्राहकहरुलाई पस्कन पाउँदा ज्यादै हर्षित बनाएको कुरा उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफेर कोरका प्रवन्ध निर्देशक सौभाग्य महोपत्राले बताउनु भएको छ ।
आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट हो । लस्ट होराइजन जंगल रिसोर्टका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोरसँग साझेदारी गर्नु स्वाभाविक भएको र उनीहरुको आतिथ्यताको दुष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ग्राहक सेवा र लामो अनुभवले ठया्क्कै हामीले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरेअनुसारनै मिलेको कुरा बताउनु भएको छ ।
हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तब्यको रुपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ । यस रिसोर्टमा मनोमहक दृष्य हेर्न मिल्ने ठूला ठूला झयाल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटस्हरु बन्ने छन् । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने छ भने बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि बनाइने भएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया