सोमबार, वैशाख १५, २०८२

शिक्षकमाथि बल प्रयोग र धम्की कुशासनको उदाहरण : शेखर कोइराला

मेरोन्यूज २०८२ वैशाख १४ गते १८:४२

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।

शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् ।

‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ, यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो,’ कोइरालाले भने, ‘अब धेरै ढिला भयो, एक दुई दिन मै समस्या समाधान गरी पठन पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

प्रतिक्रिया