शिक्षक-प्रहरी झडप : पत्रकारसहित २६ जना घाइते
मेरोन्यूज
२०८२ वैशाख १४ गते १८:५२

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।
विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो ।
सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो ।
सम्बन्धित
प्रतिक्रिया