शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह

काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ ।
सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि भइरहेको सडक आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय भएको उल्लेख गरका छन् ।
“शिक्षकमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ । यो कार्य सरकारको विवेकशून्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लङ्घन हो”, विज्ञप्तिमा भनिएको छ ।
उपाध्यक्ष सापकोटाले शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ताका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्न आग्रह गर्नुभएको छ । शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन माग गर्दै प्रवक्ता सापकोटाले प्रदर्शनका क्रममा गम्भीर घाइते शिक्षक एवम् सञ्चारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया