बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बने पछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रलगायत ६४ जना पक्राउको बिरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
सो प्रदर्शन दिनको १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गरिने राप्रपा नेपालले जनाएको छ ।
‘चैत १५ गते तीनकुनेमा भएको घटनाको वहानामा सरकारले ६४ जनालाई थुनामा राखेको छ, उनीहरू अपराधी होइनन, हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको बिचारको संवाहक हुन, आस्थाका योद्धा हुन्,’ अध्यक्ष थापाले भनेका छन, ‘उनीहरू बेवारिसे छैनन्, सम्पूर्ण राष्ट्रवादीहरू उनीहरूको रिहाईको निम्ति प्रतिवद्धत छौँ, एक छौँ ।’
यसो त संयुक्त जनआन्दोलन समितिले राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो साथ रहेको बताएको छ ।
समितिका अध्यक्ष नवराज सुबेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको हो ।
‘राष्ट्रिय झण्डा लिएर उक्त जनप्रदर्शनमा सहभागी भइ सहयोग गरिदिन हुन आम नेपाली जनतालाई आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।









आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया