कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेकी छिन् ।
सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताइन् । बैठकको विशेष समयमा उनले भनिन्, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।”
सांसद महेन्द्र राय यादवले शिक्षकहरुका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । उनले भने, “आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।” कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उनले जोड दिए ।
















उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया