सक्षम र प्रदिप क्वाटरफाइनलमा

काठमाडौं। सक्षमविक्रम शाह र प्रदिप खड्का ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सक्षमले अभिनय अछामीलाई ६–० र ६–० तथा प्रदिपले सोमज श्रेष्ठलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।
पुरुष सिंगल्समै राजवीर प्रधानले निश्चल कायश्थलाई ६–० र ६–२, आरभसम्राट हाडाले सन्देश अधिकारीलाई ६–० र ६–०, प्रणव खनालले दर्शिल श्रेष्ठलाई ७–५ र ६–३, निसान श्रेष्ठले सर्वेश खनाललाई ६–० र ६–०, निहालजंग बहादुर थापाले बोरिस अधिकारीलाई ४–६, ६–१ र ६–२ तथा प्रीतम परियारले दावा सोनाम शेर्पालाई ६–३ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
मिक्स डबल्समा अभिलाषा विष्ट र आरभसम्राट हाडाको जोडीले इन्द्रकला श्रेष्ठ र हरसिंह धामीको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीले रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीलाई ७–५ र ६–२ तथा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले मानबहादुर कटुवाल र हिमाल शाहको जोडीलाई ६–१ र ६–४ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, साम्डुप लामा गगन महर्जन, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन र सन्तोष खत्री आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मित, नाम्लाङ तेन्जिन, विदुर विष्ट र ध्रुवबहादुर गुरुङले सेमिफाइनल यात्रा तय गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, देव क्षेत्री, म्याट ब्रोससार्ड, महेश श्रेष्ठ, छेवाङ लामा, मानबहादुर कटुवाल, मेगेन्द्रप्रकाश गिरी र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा प्रदिप शाह, राजु राई र चन्द्र शाहीले क्वाटरफाइनलमा स्थान बनाए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया