वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

पर्सा । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व संकलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा रु. ७२ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु.३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि यहाँका व्यवसायीले व्यवसाय कर, घर बहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ ।
राजस्व महाशाखा प्रमुख कर्णले भने, ‘‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले सात दिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ ।” महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिंकरोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया