बुधबार, वैशाख १७, २०८२

सरकार र शिक्षक महासंघबीच वार्ता आजपनि, होला सहमति ?

मेरोन्यूज २०८२ वैशाख १७ गते ११:३०

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि वार्ता हुदैछ ।
 
हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ः०० बजेवाट पुनः हुन लागेको हो । सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ ।
दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।
 
यद्दपी, वार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशाेर सुबेदीले जानकारी दिए । 
 

प्रतिक्रिया