सुनसरीबाट ७ सय ८३ किलो गांजा सहितको ट्रक सशस्त्र प्रहरिको नियन्त्रणमा

बैशाख १७ गते सुनसरी बाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गांजा सहितको ट्रक र २ जना ब्यक्तिलाइ नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेश धरानको संयुक्त सुरक्षाफौजले गांजा सहितको ट्रक र त्यसका चालक तथा सहचालक लाई नियन्त्रणमा लिएको हो ।
धरान उप – महानगरपालिका- १३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाइ शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गांजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
ट्रकको ड्राइबर सिटमाथी बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउंदै गरेको गांजा सहितको ट्रक , चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका -१ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका-६ बस्ने १८ बर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका हरुलाई गांजा र ट्रक सहित आवश्यक कारवाहिको लागि बुधबार राती जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको छ । यस अघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन बेश धनकुटाले ४ सय २१ किलो गांजा सहितको कार नियन्त्रणमा लिएको थियो ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया