सुनसरीबाट ७ सय ८३ किलो गांजा सहितको ट्रक सशस्त्र प्रहरिको नियन्त्रणमा

बैशाख १७ गते सुनसरी बाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गांजा सहितको ट्रक र २ जना ब्यक्तिलाइ नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेश धरानको संयुक्त सुरक्षाफौजले गांजा सहितको ट्रक र त्यसका चालक तथा सहचालक लाई नियन्त्रणमा लिएको हो ।
धरान उप – महानगरपालिका- १३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाइ शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गांजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
ट्रकको ड्राइबर सिटमाथी बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउंदै गरेको गांजा सहितको ट्रक , चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका -१ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका-६ बस्ने १८ बर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका हरुलाई गांजा र ट्रक सहित आवश्यक कारवाहिको लागि बुधबार राती जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको छ । यस अघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन बेश धनकुटाले ४ सय २१ किलो गांजा सहितको कार नियन्त्रणमा लिएको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया