आज वैशाख शुक्ल पञ्चमी, आद्य शङ्कराचार्यकाे जन्मजयन्ती

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरी मनाइँदै छ ।
दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो । बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरू र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।
‘शङ्करं शङ्कराचार्यम् अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरूत्थानका लागि आद्य शङ्कराचार्यका रूपमा जन्म लिनुभएको भन्ने विश्वास छ । वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले सुरू गर्नुभएको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउछन ।
१६ वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए । भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुनाकुनामा व्याख्या गर्दै हिँड्नुभएको पनि घिमिरेले बताए ।
यसै क्रममा उहाँले वैदिक सनातन धर्म संरक्षणका लागि भारतवर्षको चार ठाउँमा चारवटा मठ स्थापना गर्नुभयो । उहाँले स्थापना गर्नुभएका चार मठमा श्रृङ््गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् ।
प्राचीनकालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्रायः बनेको थियो । आद्य शङ्कराचार्यले पुनःस्थापना गर्नुभएकैले आजको स्वरूपमा आइपुगेकाले उनको योगदानको चर्चा गरी प्रत्येक वर्ष जन्मजयन्ती मनाइन्छ । यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा पनि कार्यक्रम गर्ने गरिएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरूकुलमा पनि उनले पुर्याएकाे योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।








एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया