धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई हाल काठमाडौंको डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् ।
गत मंगलबार काठमाडौंस्थित परोपकार पुलमुनी धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१० स्थायी घर भएका ४३ को माइला भन्ने विक्रम तामाङलाई तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो ।
सोही दिन उनको मृत्यु भएपश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले अनुसन्धान गर्ने क्रममा आशिषले घटना घटाएको खुल्न आएकोले उनलाई बुधबार डल्लुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
जिसीका अनुसार श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल थान-१ र घटना हुँदा प्रयोग भएको झोला,सर्ट,पाइन्ट,जुत्ता, कपडाको मास्क थानसमेत पक्राउ गरिएको छ ।
श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको जिसीको भनाइ छ ।
















सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया