धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई हाल काठमाडौंको डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् ।
गत मंगलबार काठमाडौंस्थित परोपकार पुलमुनी धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१० स्थायी घर भएका ४३ को माइला भन्ने विक्रम तामाङलाई तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो ।
सोही दिन उनको मृत्यु भएपश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले अनुसन्धान गर्ने क्रममा आशिषले घटना घटाएको खुल्न आएकोले उनलाई बुधबार डल्लुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
जिसीका अनुसार श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल थान-१ र घटना हुँदा प्रयोग भएको झोला,सर्ट,पाइन्ट,जुत्ता, कपडाको मास्क थानसमेत पक्राउ गरिएको छ ।
श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको जिसीको भनाइ छ ।







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया