बहुमत निकट विद्यार्थी सङ्गठनले बुझायो ८ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खड्क केसीलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय विशेष समितिले त्रिविमा ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
अखिल (क्रान्तिकारी) ले विदेशी दातृ निकायको इच्छा र सर्त अनुरूप लागू गरिएको चार वर्षे स्नातक तह नेपालका लागि व्यवहारिक र वैज्ञानिक नभएको हुँदा तीन वर्षे स्नातक तह लागू गर्नुपर्ने, आङ्गिक क्याम्पसहरूमा सञ्चालित निजी कार्यक्रमहरूलाई विश्वविद्यालय तथा नेपाल सरकारले व्ययभार बहन गर्ने गरी सञ्चालन गर्नुपर्ने माग राखेको छ ।
क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको जमिन हिनामिना बारे गठित छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी हडपिएको जमिन फिर्ता ल्याउनुका साथै देशभरका आङ्गिक क्याम्पसहरूको दुरुपयोग भइरहेको सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने माग पनि गरेको छ ।
ज्ञापनपत्र बुझाउने विषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवम् त्रि.वि. विशेष प्रदेश इन्चार्ज हरि विष्ट, त्रिभुवन विश्वविद्यालय संयोजक लक्ष्मी शाह, त्रि।वि विशेष समिति संयोजक वीरेन्द्र नेपाली, क्याम्पस जिल्लाका अध्यक्ष दिनेश नेपाली लगायत सहभागी रहेका थिए ।










सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया